एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार रुपन्देहीका शिव पराजुलीलाई – Nepal Press

एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार रुपन्देहीका शिव पराजुलीलाई

५० हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने ८ जनाको नाम पनि सार्वजनिक

काठमाडौं । एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीको तिलोतमा २ जानकीनगरका शिव पराजुली पुरस्कृत भएका छन् । जिल्लाकै देवदह ९ सितलनगरमा सूर्या इन्डस्ट्रिज प्राली सञ्चालन गरिरहेका पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक वर्ष एक जनालाई दिदै आएको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् ।

मन्त्रालयले आज मन्त्रालयमा भर्जुअल माध्यमबाट गरेको कार्यक्रममा आर्थिक वर्ष २०७७-०७८ को वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीलाई सम्मान तथा राष्ट्रिय पुरस्कार घोषणा कार्यक्रममार्फत पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले उनिसँगै ५० हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने ८ जनाको नाम पनि सार्वजनिक गरेका छन् ।

उद्यमी राष्टिय पुरस्कार प्राप्त गर्नेमध्ये शिव पराजुली, भोजराज पुवाली र ज्ञानेन्द्र सम्वाहाम्फेले वैदेशिक रोजगारीको अनुभवका आधारमा स्वदेशमा नै विभिन्न प्रकारका उद्यम पेशा व्यवसायबाट आर्य आर्जन गरी स्वदेशी उत्पादन र उद्यमशिलता विकास गर्न आफै लागि पर्नुपर्नेमा जोड दिएका छन् ।

अन्य पुरस्कृत हुनेले रोजगारी प्रवद्र्धन गर्न गरेका पहलको विषयमा आफ्ना अनुभव सुनाएका थिए । पुरस्कृत हुने सबैलाई बधाइ दिदै मन्त्री चौधरीले आगामी दिनमा सरकारले यस प्रकारका स्वदेशमा श्रम, सिप र पूँजी परिचालन गरी हुन सक्ने रोजगारी सृजना र आयमूलक काममा प्रोत्साहन मिल्ने खालका काम गर्ने बताए । उनले सरकारले उद्यमीलाई सम्मान र पुरस्कारको व्यवस्था गरी प्रवद्र्धनात्मक काम गरेको र यसबाट भविष्यमा रोजगारी र उद्यमीलताको क्षेत्रमा थप योगदान गर्न प्रेरणा मिल्ने पनि बताए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कारका लागि उद्यमीको छनौट गरेको हो । उक्त पुरस्कारको लागि पुष २८ गते आवेदन माग गरेकोमा ८५ जनाले आवेदन दिएका थिए ।

पुरस्कार छनौटका लागि कार्यविधिमा ७ वटा आधार तोकिएका थिए । जसमा रोजगारी सृजना, पूँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादान निर्यात गरेको अवस्था छनौटका आधार थिए । यस्तै सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदुषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्र पनि छनौटका आधार थिए ।

 

पुरस्कार पाउनेको सूची यस्तो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर