पनौतीमा असिनापानी, तरकारी बालीमा क्षति – Nepal Press

पनौतीमा असिनापानी, तरकारी बालीमा क्षति

काठमाडौं । असिनापानीले काभ्रेका विभिन्न स्थानमा लगाइएको तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको हो ।

पनौतीमा दिउँसोदेखि परिरहेको पानीले तरकारीबारीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । आज देशको अधिकाशं पहाडी भू भागमा हावाहुरी र असिनासहितको वर्षा भइरहेको छ ।

देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका तराई र पहाडी भुभागमा एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित क्षणिक वर्षा भइरहेको मौसमविद् मिन कुुमार अर्यालले नेपालप्रेसलाई बताए ।

उनले भने,‘अहिले बागमति प्रदेश र गण्डकी प्रदेशको अधिकाशं जिल्लाहरुमा मध्यम वर्षा भइरहेको छ । भने तराईका केही जिल्लाहरुमा पनि पानी पर्न थालिएको छ । भने सुदुरपश्चिम कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेका छ ।’

उनका अनुसार प्रि मनसुन सक्रिय भएकाले अहिले हावाहुरी सहित पानी परिरहेको हो । आज बेलुकादेखि मौसममा केही सुधार हुने भएतापनि भोलि विहान ११ बजेदेखि फेरि देशको अधिकांश भुभागमा चट्याङ सहितको वर्षा हुने महाशाखाले जनाएको छ ।

अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद् अर्यालको भनाइ छ । यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *