त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड – Nepal Press

त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख १६ गते १६:४४
किशोर दाहाल २०७८ वैशाख १६ गते १६:४४

काठमाडौं । कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौंमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आजबाट सुरु भएकाले निषेधाज्ञाका कारण काठमाडौंका सडक सुनसान छन् । तर, यही बेला देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै माहोल देखिन्छ । आज बिमानस्थलभित्र छिर्दा नियमितभन्दा पनि बढी भिडभाड देखिन्थ्यो । सामाजिक दुरीको गुञ्जायस थिएन । सरकारले सडकमा गुड्ने सवारीसाधनको आवागनमा रोक लगाए पनि आन्तरिक उडानलाई भने खुला छोडेको छ । आन्तरिक र बाह्य दुवै हवाइ सेवा सुचारु छन् । त्यसैले काठमाडौं आउने वा काठमाडौबाट बाहिरिनेहरुको भिड बढेको हो ।

सार्वजनिक सवारीसाधन नचलेकाले बिमानस्थल आउने वा बिमानस्थलबाट बाहिरिनेहरुलाई बाटोमा भने सास्ती खेप्नु परिरहेको छ । हेर्नुहोस नेपाल प्रेसको भिडियो रिर्पोट ।