काठमाडौंसहित पहाडी भू-भागमा मेघगर्जन र वर्षा – Nepal Press

काठमाडौंसहित पहाडी भू-भागमा मेघगर्जन र वर्षा

तीन दिन सर्तकता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको केही भू-भागमा चट्याङसहित पानी परिरहेको छ ।

देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका तराई र पहाडी भूभागमा एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित क्षणिक वर्षा भइरहेको मौसमविद् मिन कुमार अर्यालले नेपालप्रेसलाई बताए ।

उनले भने,‘अहिले बागमति प्रदेश र गण्डकी प्रदेशको अधिकाशं जिल्लाहरुमा मध्यम वर्षा भइरहेको छ । भने तराईका केही जिल्लाहरुमा पनि पानी पर्न थालिएको छ । भने सुदुरपश्चिम कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेका छ ।’

उनका अनुसार प्रि- मनसुन सक्रिय भएकाले अहिले हावाहुरी सहित पानी परिरहेको हो । आज बेलुकादेखि मौसममा केही सुधार हुने भएतापनि भोलि विहान ११ बजेदेखि फेरि देशको अधिकांश भू- भागमा चट्याङ सहितको वर्षा हुने महाशाखाले जनाएको छ ।

अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद् अर्यालको भनाइ छ । प्रि- मनसुनमा विहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ । र विहान रोकिन्छ ।

प्रि -मनसुनको समयमा लगातार चट्याङ पर्ने झरी पर्ने भने हुदैन । जेठ असारदेखि मनसुन सक्रिय हुनअघि प्रिमनसुनको प्रकृया चल्दछ ।
यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर