फाष्ट ट्रयाकको ठेक्का प्रक्रिया रद्द गरी कागजात पठाउन सेनालाई लेखा समितिको ताकेता – Nepal Press

फाष्ट ट्रयाकको ठेक्का प्रक्रिया रद्द गरी कागजात पठाउन सेनालाई लेखा समितिको ताकेता

काठमाडौ । फाष्ट ट्रयाकको दोस्रो प्याकेज ठेक्का प्रक्रिया रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेको छ ।

ठेक्का प्रक्रिया अघि नबढाउनू भनेर बारम्बार गरिएको निर्देशनलाई अटेर गरेकाले ताकेता पत्र पठाएर प्रक्रिया रद्द गरिएको आदेश दिएको समिति सचिव रोजनाथ पाण्डेले बताए ।

उनका अनुसार चैत १९ पछि लेखा समितिले ६ वैशाख र ९ वैशाखमा रक्षा मन्त्रालयलाई पत्र लेखेर फाष्ट ट्रयाकको दोस्रो प्याकेजको सुरुङ र पुल निर्माणसम्बन्धि खरिद प्रक्रिया रोक्न भनेको थियो । तर, सेनाले चैत १९ गते समितिले दिएको निर्देशन उल्लंघन गर्दै वैशाख १२ गते टेण्डर आव्हानको सार्वजनिक सूचना निकालेको छ ।

टेण्डर आव्हान गरेपछि समितिले रक्षा मन्त्रालय र जङ्गी अड्डालाई पत्र काटेको हो ।

समितिले सेनालाई पत्र काट्दै चैत १९ पछि सेनाले फाष्ट ट्रयाक सम्बन्धि के-के काम गर्‍यो सो को सबै कागजात समितिलाई बुझाउन पनि भनेको छ । सचिव पाण्डेका अनुसार सेनाले समितिको निर्देशन अटेर गर्दै सबै काम अघि बढाएपछि कागजपत्र पठाउन ताकेका गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *