साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला – Nepal Press

साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

२२ यात्रुलाई एयरपोर्टबाट सीधै आइसोलेसन लगियो

काठमाडौं । हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर