रामचन्द्र पौडेलको आरोप- गण्डकीमा राजमोको सतित्व हरण भयो (भिडियो) – Nepal Press

रामचन्द्र पौडेलको आरोप- गण्डकीमा राजमोको सतित्व हरण भयो (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीको ‘सतित्व हरण’ भएको आरोप लगाएका छन् । जनमोर्चाका सांसद बिरामी भएर आईसीयूमा भर्ना भएको घटनामा उनले विभिन्न आशंका व्यक्त गरे ।

आज एक अन्तर्वार्तामा पौडलले भने, ‘राजमो नीति-सिद्धान्तमा अड्ने पार्टी मानिएको थियो । तर, गण्डकीमा उसको सतित्व हरण भयो ।’

बिरामी भनिएका सांसद खिमविक्रम शाहीको दुईथरि कोरोना रिपोर्ट आएकोमा विषयमा छानविन हुनुपर्ने उनले बताए । शाहीलाई सांसद पदमा एक मिनेट पनि राख्नु नहुने पौडेलको माग छ ।

‘बिरामीको किर्ते रिपोर्ट बनाएर आईसीयूमा लुकाइएको छ । त्यहाँ डेमोक्रेसीको माखोल उडाउने काम भयो । यस्ता अलोकतान्त्रिक षडयन्त्रको गम्भीर छानविन हुनुपर्छ ।’

राजमोमाथि आफ्नो क्रेडिबिलिटी बचाउने चुनौती आइलागेको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर