एनआईसी एशिया बैंकको कोभिड विशेष हेल्प डेस्क – Nepal Press

एनआईसी एशिया बैंकको कोभिड विशेष हेल्प डेस्क

काठमाडौं । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एनआईसी एशिया बैंकले सहजरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको बैंकले जनाएको छ । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यमहरू अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछ।

डिजिटल माध्यमबाट सेवा लिन कठिनाइ भएमा,सेवा सम्बन्धी गुनासो भएमा , सेवाका बारेमा जानकारी लिनु परेमा ग्राहकले बैंकले खटाएका अधिकारीहरुसँग सम्पर्क गर्न सकिने भएको छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा रहेका उच्च तहका कर्मचारीहरुको नेतृत्वमा सहायता केन्द्रको स्थापना गरेको बैंकले जनाएको छ ।

त्यस्त, बैंकले आफ्ना ग्राहकको जिज्ञासा र गुनासो व्यवस्थापनका लागि मोवाइल बैंकिङ एप्समा नै ुकस्टुमर केयरु को सुरुवात समेत गरेको छ ।

मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२२ लाख भन्दा बढी ग्राहक भएको यस बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको थियो । मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका ३४ दुर्गम जिल्लामा समेत यस बैंकले आफ्नो शाखा पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर