दूरी कायम गरेर हाँडीगाउँको जात्रा – Nepal Press

दूरी कायम गरेर हाँडीगाउँको जात्रा

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।

चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ ।

वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, स्यानिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उनले बताए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर