भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिनेछ- गृह मन्त्रालय – Nepal Press

भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिनेछ- गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताए ।

‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ’ उनले भने, ‘भोलिदेखि काठमाडौंको निषेधाज्ञालाई थप कडाइ गर्नेछौं ।’ उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिए ।

सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौं गाडी र मोटरसाइकलको जाम भएको थियो । परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ ।

बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक सयौं मान्छे सडकमा निस्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *