पर्सामा आज एकै दिन १६९ संक्रमित भेटिए – Nepal Press

पर्सामा आज एकै दिन १६९ संक्रमित भेटिए

पर्सा । आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट ३ र सप्तरी तथा दैलेखका १/१ जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा संक्रमितको कुल सङ्ख्या ४ हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको सङ्ख्या १ हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर