सडकमा परिचयपत्रधारी सवारी चालकको लावालस्कर, निषेधाज्ञा यसरी हुँदैछ निष्प्रभावी – Nepal Press

सडकमा परिचयपत्रधारी सवारी चालकको लावालस्कर, निषेधाज्ञा यसरी हुँदैछ निष्प्रभावी

काठमाडौं । सरकारले जारी गरेको दुई साता लामो लकडाउन (निषेधाज्ञा)को पहिलो दिनमै सयौं ‘परिचपत्रधारी व्यक्ति’हरु कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम भएको छ ।

नेपाल प्रेस टिम रत्नपार्क सुन्धारा क्षेत्रको रिपोर्टिङ गर्दा पुग्दा सयौं गाडी र मोटरसाइकलहरुले सडक जाम भएको छ । अधिकांशले विभिन्न कार्यालयका परिचयपत्र भिरेका छन् ।

एकाएक जाम भएपछि ट्राफिक व्यवस्थापनमै समस्या आएको छ । वैंक तथा वित्तीय संस्था,सहकारी,सरकारी कार्यालय,सन्चारगृहका कार्ड तथा खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक हजारौं मान्छे सडकमा निस्केका हुन् ।

एकातिर काठमाडौंबाट गाउँ फर्किनेको भिड थानकोटदेखिनै जाम छ भने अर्कोतिर लकडाउनको पहिलो दिनमै काठमाडौं उपत्यकामा कार्डधारी व्यक्तिहरुको सवारी लस्करले निषेधाज्ञाको खिल्ली उडाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *