संक्रमित बढेसँगै कैलालीमा पनि आजदेखि निषेधाज्ञा – Nepal Press

संक्रमित बढेसँगै कैलालीमा पनि आजदेखि निषेधाज्ञा

कैलाली । कैलालीमा आज देखि एक साता सम्म निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनेको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधनहरू बसपार्कमै छन् ।

बिहान १० बजे सम्म खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरू, दूध, पानीका सवारी, तरकारी र फलफूलका पसलहरू खुल्ने छन् । १० बजे पछि भने अस्पताल क्लिनिक तथा फार्मेसी बाहेकका सबै पसल बन्द हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालला चौधरीले जानकारी दिए ।

बैंकहरूले भने निषेधाज्ञा अवधिभर १० बजे देखि १ बजे सम्म तीन घण्टा सेवा दिने छन् । कैलालीमा अहिले सक्रिय सङ्क्रमित ५ सय कटिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *