निषेधाज्ञापछि सुनसान काठमाडौं, प्रहरी जाँच कडा (तस्बिरहरु) – Nepal Press

निषेधाज्ञापछि सुनसान काठमाडौं, प्रहरी जाँच कडा (तस्बिरहरु)

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले राजधानी काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू गरेको छ । दैनिक उपभोग्य समाग्रीका पसलमात्र खुलेको छ भने अत्यावश्यक सेवाका सवारीसाधन सडकमा देखिएका छन् ।

निषेधाज्ञापछि मानिसको चहलपहल नहुँदा काठमाडौं सुनसान देखिएको छ । आज विहानदेखि दैनिक उपभोग्य खाद्य वस्तुहरु तरकारी, दूधका पसलहरु खुलेका छन् । भित्रि क्षेत्रका पसलहरुमा चहलपहल रहे पनि मुख्य सडक आसपास मानिसहरुको आवागमन कम छ ।

सडकमा प्रहरीको तैनाथी बढाइएको छ । अनावश्यक रुपमा बाहिर निस्कनेहरुको पहिचान गरी प्रहरीले उनीहरुलाई घरमै रहन आग्रहका साथ फर्काइदिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *