बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया हुँदै, आज अस्पताल भर्ना हुने – Nepal Press

बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया हुँदै, आज अस्पताल भर्ना हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुनेछ । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुनेछन् । शल्यक्रिया भोलि हुनेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, ‘DOTA NOC’ परीक्षण, ‘PET CT Scan’ सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका थिए ।

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर