जनमोर्चाका सांसद भेट्न अस्पताल पुगेका मुख्यमन्त्री मापदण्ड पालना गर्दै फर्किए – Nepal Press

जनमोर्चाका सांसद भेट्न अस्पताल पुगेका मुख्यमन्त्री मापदण्ड पालना गर्दै फर्किए

पोखरा । कोरोना पोजेटिभ देखिएपछि चरक अस्पतालमा भर्ना भएका जनमोर्चा सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । अस्पतालले स्वास्थ्य मापदण्डको कारण भने उनलाई भेट्न भने दिइएको छैन ।

‘अस्पताल पुगेर उहाँले स्वास्थ्य लाभको कामना गर्नु भो । अस्पताल प्रशासनसँग उहाँको स्वास्थ्यवस्थाबारे बुझ्नु भो,’ मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले नेपाल प्रेससँग भने, ‘प्रशासनले उहाँको स्वास्थ्य सामान्य रहेको र उपचार भइरहेको जनायो ।’

न्यौपानले शाहीलाई मुख्यमन्त्रीले भेट्न खोजेपनि अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डको कारणले भेट्न नदिएको जानकारी दिए ।

बुधबारको प्रदेश सभा बैठकमा शाही अनुपस्थित भएपछि जनमोर्चाकै अर्का सांसद पियारी थापाले सांसद सम्पर्कविहीन भएकाले ‘खोजी पाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । उनकै अनुपस्थितिका कारण सदन अनिश्चितकालका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर