हराएका सांसद दुईथरी कोरोना रिपोर्ट बोकेर अस्पतालमा-एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ – Nepal Press

हराएका सांसद दुईथरी कोरोना रिपोर्ट बोकेर अस्पतालमा-एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ

पोखरा । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई मतदानमा लैजानुअघि अनुपस्थित भएका सांसद खेमविक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट दुई थरी आएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयमा गरेको उनको परीक्षणमा नेगेटिभ आएको छ भने लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा पोजेटिभ देखिएको छ।

नेपाल प्रेसलाई प्राप्त रिर्पोट अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा बिहान बिहान ७ बजेर २० मिनेटमा नेगेटिभ रिपोर्ट आएको छ।

त्यस्तै लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा ७ बजेर ३० मिनेटमा आएको रिपोर्ट भने पोजेटिभ छ।

मतदानको समयमा शाही अनुपस्थित रहेपछि गण्डकी प्रदेशको अंकगणितमा उलटफेर आएको थियो । मोबाइल समेत अफ गरेर बसेका शाहीको अवस्था सार्वजनिक हुनु पर्ने भन्दै जनमोर्चाकी सांसदले निवेदन दिएपछि आजको प्रदेशसभा सूचना टाँस गरेर स्थगित भएको थियो।

यद्यपि उनका स्वकीय सचिव मिलन हमालले उनी विरामी भएकाले उपचारका क्रममा अस्पताल गएकाले फोन अफ गरेको बताएका छन्। उनको चरक मेमोरिय अस्पतालमा उपचार भइरहेको बताइएको छ । तर, कोरोना परीक्षणको दुई फरक-फरक रिपोर्ट आउनुले उनी साँच्चिकै विरामी नै परेका हुन भन्नेमा आशंका उब्जिएको छ।

नेगेटिभ रिपोर्ट :

पोजेटिभ रिपोर्ट :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *