सुरक्षा मापदण्डको पुर्ण पालना गर्न गराउन वायुसेवा सञ्चालक संघकाे आग्रह – Nepal Press

सुरक्षा मापदण्डको पुर्ण पालना गर्न गराउन वायुसेवा सञ्चालक संघकाे आग्रह

काठमाडौै । वायुसेवा सञ्चालक संघ नेपालले वायु सेवा कम्पनी र यात्रुलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्न गराउन आग्रह गरेको छ । संघले एक विज्ञप्तीमार्फत वायु सेवा कम्पनीलाई स्वास्थ्यका मापदण्ड पालना गराउन र यात्रुलाई पालना गर्न आग्रह गरेको हो ।

वायुसेवा कम्पनीले सरकारले तोकेका मापदण्ड एवं नागरिक उड्डयन प्राधिकरणले अनुमोदन गरेको मापदण्डको पुर्ण रुपमा पालना गर्ने गरी यात्रुलाई सेवा उपलब्ध गराउन विज्ञप्तीमार्फत आग्रह गरेको हो ।

सरकारले आन्तरिक हवाई उडान वायुसेवा कम्पनीले यथावतरुपमा हवाई सेवा सञ्चालन राख्ने कुरा पनि संघका प्रवक्ता योगराज कंडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर