बागमती प्रदेशले पायो पहिलो ‘महिला मन्त्री’, को हुन् सरस्वती बस्नेत ? – Nepal Press

बागमती प्रदेशले पायो पहिलो ‘महिला मन्त्री’, को हुन् सरस्वती बस्नेत ?

काठमाडौं । बागमती प्रदेशले पहिलोपटक ‘महिला मन्त्री’ पाएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेसँगै बागमती प्रदेशले पहिलोपटक महिलालाई मन्त्री पाएको हो ।

२०७४ सालमा प्रदेश मन्त्रिपरिषद् गठन हुँदा सरकारमा महिला सहभागिता शून्य थियो । प्रदेशले पहिलोपटक मन्त्री पाएकामा धेरै महिला र महिला अधिकार एवम् सहभागिताको पक्षमा वकालत गरिरहेकाहरुले स्वागतयोग्य भनेका छन् ।

नवनियुक्त मन्त्री बस्नेत दोलाखाबाट निर्वाचित सांसद हुन् ।

को हुन् नवनियुक्त मन्त्री बस्नेत ?

नवनियुक्त मन्त्री बस्नेतको जन्म २०१९ सालमा दोलखास्थित गौरीशंकर गाउँपालिकामा भएको हो । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाइन् ।

२०३२ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध भएकी बस्नेत अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भइन् । त्यसपछि २०३७ सालमा शिक्षण पेशामा आवद्ध भइन् र शिक्षक संगठनको राजनीति शुरु गरिन् ।

शिक्षक संगठनसँगै अनेमसंघको गाउँ कमिटीहुँदै गाउँ पार्टी कमिटीको जिम्मेवारी लिँदै उनी राजनीतिमा अघि बढिन् । अनेमसंघको सचिव, अध्यक्षहुँदै केन्द्रीय सदस्य भएकी बस्नेत अहिले नेकपा एमाले अनेमसंघ बागमतीको सचिवको जिम्मेवारी निर्बाह गरिरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर