कालापानीबाट सेना हटाउन माग गर्दै भारतीय दूतावासअगाडि प्रदर्शन – Nepal Press

कालापानीबाट सेना हटाउन माग गर्दै भारतीय दूतावासअगाडि प्रदर्शन

काठमाडाै‌। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावासअघि प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा दिउँसो ३ बजे भारतीय गएको एक समूहले ब्यानरसहित विरोध गरेको हो ।

‘इन्डियाली सेना कालापानी छोड’ लेखिएको ब्यानरमा गएका मोर्चाका कार्यकर्ताले करिब आधा घन्टा भारतविरोधि नारावजी गरेका थिए । मोर्चाका अध्यक्ष नेपालले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि छाड्ने मानसिकता भारतले नदेखाएको तथा नेपाल सरकारले पनि ठोस पहल नगरेकाले दुवै सरकारलाई दबाब दिइएको बताए ।

‘चुच्चे नक्सा निकाल्नु उपलब्धि भए पनि कालापानीबाट सेना हटाएमात्र त्यसको सार्थकता हुन्छ,’ नेपालले भने, ‘२०७२ मा संविधान जारी हुँदाका बखत दलहरूबीच भएको जस्तै एकता फेरि देशमा आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर