भारतीय रक्षा अध्यक्ष रावतलाई नेपाल भ्रमणको निम्तो पठाइने

काठमाडौं । सरकारले भारतका रक्षा अध्यक्ष जनरल बिपिन रावतलाई नेपाल भ्रमणका लागि निम्तो पठाउने भएको छ ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले अनुकूल समयमा भ्रमण हुने गरि स्वीकृत गरिएको जानकारी दिए ।

रावतसहित उनकी श्रीमती र स्टाफ अधिकृतलाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाउन स्वीकृत दिने निर्णय भएको गुरुङले जानकारी दिए ।

यसअघि भारतीय सेनाका प्रमुख एमएम नरवाणेले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *