नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई सरकारका तीन सर्त – Nepal Press

नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई सरकारका तीन सर्त

काठमाडौं । सरकारले नेपालसँग सीमा जोडिएका मुलुक बाहेकको देशका नागरिकलार्ई स्थलमार्गबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।

भारत र चीनका नागरिकलाई नेपाल प्रवेशका लागि सरकारले दुई सर्त अघि सारेको छ ।

जसमा नेपाल प्रवेश गर्नुको ७२ घण्टा अघिको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने र १० दिन होटल क्वारेन्टिन बस्ने प्रमाण पेश गर्नुपर्ने छन् ।

स्थलमार्गबाट नेपाल आउने भारतीय नागरिकले भने प्रवेशाज्ञा देखाउनुपर्ने छैन । चिनियाँ नागरिकलाई भने प्रवेशाज्ञा अनिवार्य गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर