विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य – Nepal Press

विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य

काठमाडौं । सरकारले अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा तोकिएको अस्पतालको रिपोर्टलाई मान्यता दिने भएको छ ।

विदेश जानेहरुले नक्कली पीसीआर रिपोर्ट देखाउन थालेपछि स्वास्थ्य तथा जनसंख्याले विदेश जानेहरुलाई नयाँ मापदण्ड बनाएको हो ।

पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने  मन्त्रालयले  जनाएकाे छ  ।

सम्बन्धित प्रयोगशालाबाट प्राप्त रिपोर्टहरु सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर