नेप्से १३ अंकले घट्दा कारोबार रकम पनि ओरालो – Nepal Press

नेप्से १३ अंकले घट्दा कारोबार रकम पनि ओरालो

काठमाडौं । बुधबार नेप्से परिसूचक १३.७९ अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक ९२ अंकले बढेको थियो । तर, विहीबारदेखि निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै नेप्सेमा गिरावट आएको लगानीकर्ता बताउँछन् ।

नेप्से परिसूचक आज २५८५.२८ विन्दुमा रोकिएको छ । आज नेप्सेको कारोबार रकममा पनि गिरावट आएको छ । आज ८९ लाख ६५ हजार ५८८ कित्ताको किनबेचमा ३ अर्ब ९९ करोड ४३ लाख १ हजार २३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै २८ करोड रुपैयाँ बराबरको भएको छ । आज अपरतामाकोशीको शेयर कारोबार आज १६ करोड रुपैयाँ बराबरको भएको छ ।

आज महिला लघुवित्त र विशाल बजारको शेयर मूल्य क्रमश १० /१० प्रतिशतले वृद्धि भएको छ । आज व्यापार, उत्पादन मूलक तथा अन्य समूह बाहेक सबै समूह नकारात्मक देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर