इतिहासमै धेरै स्काउट यो वर्ष परिचालित, ७५३ स्थानीय तहमै स्काउट गठन – Nepal Press

इतिहासमै धेरै स्काउट यो वर्ष परिचालित, ७५३ स्थानीय तहमै स्काउट गठन

काठमाडौं । नेपाल स्काउटको इतिहासमै यो वर्ष सबैभन्दा बढी ५० हजार स्काउट स्वयंसेवकहरु परिचालन भएका छन् । नेपाल स्काउटले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोभिड १९ रोकथाम तथा जनचेतना अभिबृद्धिमा स्काउटले १५ हजार स्वयमसेवक परिचालन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कोभिडका कारण मृत्यु भएका मानिसको शव व्यवस्थापनको कार्यमा समेत स्काउटले बहादुरी देखाएका बताए ।

सो अवसरमा देशका ७५३ वटै स्थानीय तहमा नेपाल स्काउटका समितिहरुको नाम समेत घोषणा गरिएको थियो । अब प्रत्येक स्थानीय तहसम्म स्काउटका नीतिगत रुपमै सन्चालन हुनेछ ।

नेपाल स्काउटको राष्ट्रिय संरक्षक प्रधानमन्त्री भएजस्तै स्थानीय तहका स्काउटको संरक्षक पालिका प्रमुख हुने र पालिका उपप्रमुख प्रमुख स्काउट हुने नीतिगत व्यवस्था भएको छ । हरक विद्यालयमा स्काउट युनिटहरु संचालन हुने र प्रत्येक पालिकामा स्काउट क्रियु सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्काउटले सबै पालिकाहरुमा संयोजक तोकेको छ । प्रदेशस्तरीय स्काउट आधारभुत तालिमबाट करिब ४ हजार भन्दा बढी युवाहरुलाई स्काउट मास्टरको रुपमा उत्पादन गरिएको तथा ७५३ वटै स्थानिय तहमा स्काउटको संरचना निर्माण गरिएको र सातै प्रदेशमा स्काउट समिति गठन भई प्रदेश कार्यालय समेत सञ्चालनमा आइसकेको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

हाल ७५ हजार युवाहरु स्काउटका सदस्य रहेको भण्डारीले जानकारी दिए । स्थानीय स्काउट समितिले आफ्नो क्षेत्राधिकार भित्रको प्रत्येक विद्यालयमा स्काउट गठन गरी ६ वर्षदेखि २५ वर्षका युवाहरुलाई स्काउटमा समेटिने भएको छ । हाल ६५ हजार वटा सामुदायिक तथा संस्थागत विद्यालयमा स्काउटको संरचना रहेको उनले बताए ।

स्काउटको  २०६८ सालयता बनेका सम्पूर्ण स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिलाई खारेज गर्दै सो निकायहरुले गर्दै आएका सम्पूर्ण कार्यहरु एवं भोगचलन गरिरहेका सम्पूर्ण चलअचल सम्पतिहरु स्वत्ः सम्बन्धित स्थानीय स्काउटको मातहतमा जाने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर