त्रिकोणात्मक फुटबल जित्ने टोलीका २३ खेलाडीलाई ४–४ लाख दिइने – Nepal Press

त्रिकोणात्मक फुटबल जित्ने टोलीका २३ खेलाडीलाई ४–४ लाख दिइने

काठमाडौं । हालै त्रिकोणात्मक फुटबलकाे  उपाधि जितेको नेपाली फुटबल टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

टोलीका २३ जना खेलाडीलाई सो नगद पुरस्कार दिने निर्णय मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार राष्ट्रिय टोलीका ३ प्रशिक्षकले भने जनही २ लाख रुपैयाँ पाउनेछन् । काठमाडौंमा नेपाल, वंगलादेश र किर्गिस्तानबीच भएको त्रिकोणात्मक फुटबल भएको थियो । नेपालले  उपाधि जितेको थियो ।

(*यसअघीकाे समाचारमा तथ्यगत त्रुटी भएकाले सच्याइएको)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *