रोल्पामा भीषण आगलागी, ४६ घरगोठ जलेर नष्ट – Nepal Press

रोल्पामा भीषण आगलागी, ४६ घरगोठ जलेर नष्ट

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका -२ काे पिराले गाउँमा भीषण आगलागी भएको छ ।

थारलेख सामुदायिक वनबाट सुरू भएको आगलागी मानवबस्तीमा फैलिदा २८ वटा घर र १८ वटा गोठ जलेर नष्ट भएका छन् । घरमा भएका अन्नपात र लत्ताकपडा जलेर खरानी बनेका छन् । घर जलेपछि स्थानीय छिमेकीकोमा आश्रय लिएका छन् ।

आगलागीबाट मानवीय क्षति नभएपनि १० वटा बाख्रा ,१२ वटा गाई जलेर मरेका छन् । वडाअध्यक्ष कविराज वुढाले जानकारी दिएका छन् । उनका अनुसार आगलागी सोमबार रातिदेखि सुरू भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भएपनि आगो अझै नियन्त्रणमा आएको छैन् ।

आगो नियन्त्रणमा लिन,सुरक्षाकर्मी र स्थानीय प्रयासरत छन् । आगलागी भएको बस्तीमा प्रमुख जिल्ला अधिकारी र रेडक्रसको टोलीले राहत वितरण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *