अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले पठायो दक्षिण कोरियालाई कूटनीतिक नोट – Nepal Press

अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले पठायो दक्षिण कोरियालाई कूटनीतिक नोट

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई कोभिड-१९ विरुद्ध स्वास्थ्य सामाग्री र आवश्यक सहयोग प्रदान गर्ने भएको छ ।

सरकारले अस्ट्राजेनेका खोप आपूर्तिको लागि दक्षिण कोरियाली उत्पादक कम्पनीलाई कूटनीतिक नोट पठाएको पृष्ठभूमिमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच भेट भएको हो ।

दूतावासका अनुसार सरकारले कोभिड-१९ को अस्ट्राजेनेका खोपको आपूर्तिका लागि आग्रह गरेको थियो । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्स कम्पनीले अक्सफोर्ड र अस्ट्राजेनेका खोप उत्पादन गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर