अविश्वास प्रस्ताव ‘फाटेको धोती’ जस्तै हो : सांसद थापा – Nepal Press

अविश्वास प्रस्ताव ‘फाटेको धोती’ जस्तै हो : सांसद थापा

कास्की । नेकपा एमाले प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘फाटेको धोती’जस्तै रहेको बताएका छन् ।

अविश्वास प्रस्तावउपरको छलफलमा भाग लिँदै एमाले सांसद थापाले अविश्वास प्रस्तावले जनमतको प्रतिनिधित्व नगर्ने दावी गरे । उनले अविश्वास प्रस्तावका लागि बनेको गठबन्धन कमजोर रहेकोले ‘फाटेको धोती’ जस्तो जुनसुकै बेला च्यातिन सक्ने बताए ।

अविश्वास प्रस्ताव ‘पूर्वाग्रहको दस्तावेज’ रहेको भन्दै थापाले सो प्रस्ताव असफल पार्नुको विकल्प नभएको बताए । ‘साच्चै यो प्रस्तावमा लेखिएका कुरा सत्य छन् त ? अविश्वास प्रस्ताव लेख्ने माननीयज्यूले संसद सकिएपछि चिसो पानीले मुख धोएर ऐनामा उभिएर छातीमा हात राखेर समीक्षा गर्नुहोला’,थापाले भने । उनले मुख्यमन्त्रीविरुद्ध भएको षड्यन्त्र जनताले चिर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर