कोरोना संक्रमित एमाले केन्द्रीय सदस्यको संख्या ४ पुग्यो – Nepal Press

कोरोना संक्रमित एमाले केन्द्रीय सदस्यको संख्या ४ पुग्यो

काठमाडौं । वैशाख १० गते केन्द्रीय कमिटी बैठकमा भाग लिएका नेकपा एमालेका अर्का एक केन्द्रीय सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि सोही बैठकमा सहभागी नेताहरू टोपबहादुर रायमाझी, खिमलाल भट्टराई र विष्णु रिजालमा पनि संक्रमण पुष्टि भएको थियो । रायमाझीबाहेक सबै होम आइसोलेसनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर