वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय – Nepal Press

वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् ।

त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी बन्ने तय भएको छ । आजै ४ बजे सपथग्रहण हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर