कोरोना त्रास : कांग्रेस बैठक स्थगित – Nepal Press

कोरोना त्रास : कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग परामर्श गरी बैठक स्थगन गरेका हुन् ।

कोरोना परीक्षण गरेकामध्ये कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । अधिकांश केन्द्रीय सदस्य र कर्मचारीहरूले बैठक सार्न आग्रह गरेकोले सभापति देउवाले बैठक स्थगित गरेका हुन् । शीर्ष नेताहरुबीच उपयुक्त समयमा बैठक बोलाउने सहमति भएको छ ।

यसअघि आजको बैठकबाट क्रियाशील सदस्यता वितरणको म्याद थप गर्ने लगायतका विषयमा निर्णय गर्न बैठक बस्ने बताइएको थियो । कांग्रेस केन्द्रीय पदाधिकारी एवं सदस्यहरू तथा कर्मचारीहरूले सोमबार कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । अधिकांशमा कोरोना नदेखिएपनि बैठक गर्दा सकारात्मक सन्देश नजाने भएकोले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर