गण्डकीका तीन सांसदलाई कोरोना, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने – Nepal Press

गण्डकीका तीन सांसदलाई कोरोना, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

पाेखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले ३ सांसदलाई कोरोना देखिएको पुष्टि गरे ।

‘३ जना माननीय ज्यूलाई कोरोना देखिएको भन्ने कुरा आएको छ । कसलाई भयो अझै खुलेको छैन,’ उनले नेपाल प्रेससँग भने ।

मंगलबारको सदनमा सत्तारुढ दलले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेपछि साँझै स्वाब संकलन गरिएको थियो । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूचि छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर