बाँकेमा थप दुई जना कोरोना संक्रमितकाे मृत्यु – Nepal Press

बाँकेमा थप दुई जना कोरोना संक्रमितकाे मृत्यु

रूपन्देही । काेराेना भाइरसकाे नयाँ भेरियन्टसहितकाे दाेस्राे लहरका कारण बाँके जिल्ला सबैभन्दा प्रताडित छ । काेराेना संक्रमित भएर उपचार गराइरहेका थप दुई जना संक्रमितकाे गएराति निधन भएको छ।

नेपालगन्ज १७ की ३९ बर्षीया महिलाको भेरी अस्पतालमा गएराती उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनको गएराती साढे १० बजे मृत्यु भएको हो। त्यस्तै नेपालगन्ज १२ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान साढे २ बजे मृत्यु भएको ओलीले बताए।

उनका अनुसार बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। याे काेराेना महामारी सुरु भएयताकै तथ्यांक हाे । तीबाहेक बाँकेका अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएका जिल्ला बाहिरका मृतककाे शंख्या १ सय ९ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *