जसपा तयार हुने बित्तिकै सरकारविरुद्ध अविश्वास प्रस्ताव, कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्रको माग – Nepal Press
माओवादी केन्द्रको बैठक

जसपा तयार हुने बित्तिकै सरकारविरुद्ध अविश्वास प्रस्ताव, कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्रको माग

काठमाठौं । नेकपा (माओवादी केन्द्र)ले जनता समाजावादी पार्टी तयार हुने बित्तिकै सरकार विरुद्ध अविश्वास प्रस्ताव आउने बताएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने–‘यो सरकारविरुद्ध हामी अविश्वास प्रस्ताव ल्याउन तमतयार छौं । जसपा सहमत हुने बित्तिकै दर्ता हुन्छ ।’

भोलि प्रस्ताव दर्ता हुन लागेको भन्ने खबर छ नि भन्ने प्रश्नमा श्रेष्ठले जसपा सहमत हुने बित्तिकै जतिबेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने बताए । श्रेष्ठले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमसिसीबारे सम्झौता भएको भन्नेकुरा भ्रमपूर्ण मात्रै रहेको बताए ।

बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । महामारीप्रति संवेदनशील बन्न सरकारसँग गर्दै माओवादी केन्द्रले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने बताएको छ । त्यसका लागि ‘डेडिकेटेड कोभिड–१९ अस्पताल’ बनाउनु पर्ने माग माओवादी केन्द्रको छ ।

अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह निर्णय भएको श्रेष्ठले बताए । त्यस्तै कोरोना नियन्त्रणमा स्वयंसेवीका रुपमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन समेत बैठकले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर