राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश श्रेष्ठ नियुक्त – Nepal Press

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन् । निर्वाचन आयोगको आज बसेको बैठकले २०७८ जेठ ६ गते बिहिबारका दिन हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

निर्वाचन ऐन, २०७५ को दवफा ७ बोमिजम न्याय परिषद्को परामर्शमा प्राप्प्त नामावलीका आधारमा उनलाई बैशाख १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगको प्रवक्ता समेत रहेका सहसचिव राज कुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापालाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर