राष्ट्रियसभा उपनिर्वाचन गर्न १ करोड ६१ लाख भन्दा बढी खर्च हुने अनुमान – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचन गर्न १ करोड ६१ लाख भन्दा बढी खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा कार्यविधि तयार भएको जानकारी गरदाउँदै लाग्ने खर्चको अनुमान गरेको हो ।

कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि उक्त खर्च लाग्ने अनुमान गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जानकारी गराए । उनका अनुसार निर्वाचन आयोग ऐनको दफा २७ र २८ बमोजिम उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *