कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य – Nepal Press

कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य

काठमाडौं । नेपाल र भारतसहितका दक्षिण एसियाली मुलुकबाट कतार जाने व्यक्तिले अबदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार गरेको निर्णयमा कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार अप्रिल २९ देखि यो नियम लागु हुनेछ । ती मुलुकबाट कतार प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अगाडिको कोभिड–१९ को नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

कतारमा कोभिड खोप लगाइसकेका व्यक्तिमा समेत यो नियम लागु हुने जनाइएको छ । कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने यात्रुले पनि पीसीआर परीक्षण गरेको हुनुपर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *