चीनले नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग गर्‍यो छलफल, भाइरस संकटविरुद्ध सहकार्य गर्न मतैक्यता – Nepal Press

चीनले नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग गर्‍यो छलफल, भाइरस संकटविरुद्ध सहकार्य गर्न मतैक्यता

काठमाडौं । कोभिड-१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच मंगलबार भर्चुअल छलफल भएको छ ।

छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यी, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाँकी मुलुकका विदेशमन्त्री सहभागि थिए ।

छलफलमा कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे छलफल भएको थियो ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार छलफलमा ठोस सहमति नजुटेपनि सहभागि मुलुकबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने र कोभिडसँग जुध्नेबारे मतैक्यता भएको थियो ।

नेपालसहितका दक्षिण एसियाली मुलुकमा पछिल्लो समय भाइरस संक्रमण ह्वात्तै बढेको छ र यसले स्वास्थ्य प्रणालीमा जटिलता थपेको छ । भारतले भाइरस संकट खेपेको र उसले आपूर्ति गर्ने भनेको खोप प्रभावित भएको परिस्थितीमा चीनले छलफल चलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर