काठमाडौं उपत्यकामा मंगलबार दुई हजार संक्रमित थपिए – Nepal Press

काठमाडौं उपत्यकामा मंगलबार दुई हजार संक्रमित थपिए

काठमाडौं । मंगलबार काठमाडौँ उपत्यकामा झन्डै दुई हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्‍यकामा १९६६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४,५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर