सुदूरपश्चिममा थप १९७ जनामा काेराेना, ३ जनाको मृत्यु – Nepal Press

सुदूरपश्चिममा थप १९७ जनामा काेराेना, ३ जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए ।

पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर बेदकोट १ का ४८ वर्षीय पुरुष र कैलाली गोदावरी ५ कि ३५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो ।

अहिले अस्थायी कोरोना अस्पतालमा ४२ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये २ जना भेन्टिलेटरमा रहेका छन् ।

मंगलबार नै कञ्चनपुरस्थित महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी भारतको दिल्लीबाट आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *