अत्यावश्यक अवस्थामा बाहेक आजदेखि राहदानी वितरण बन्द – Nepal Press

अत्यावश्यक अवस्थामा बाहेक आजदेखि राहदानी वितरण बन्द

काठमाडौं । राहदानी विभागका अधिकांश कर्मचारीमा कारोना संक्रमण भएपछि विभागले आजदेखि विभागले दिने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवा दिन बन्द गरेको छ । सेवाग्राही र कर्मचारीमा समेत संक्रमण फैलने जोखिमलाई ध्यान दिएर विभागले यस्तो निर्णय गरेको हो ।

संक्रमित भएका विभागका कर्मचारी अहिले होम आइसोलेसनमा रहेका र उनिहरुको सम्पर्कमा रहेका अन्य कर्मचारी समेत परीक्षण्को क्रममा रहेकाले नियमित सेवा दिन नसकिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘आजदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी अत्यावश्यक सेवा मात्र दिने विभागले निर्णय गरेको हो ।’

विभागका अनुसार जसमा मेडिकल इमरजेन्सी अन्तरगत विदेशमा गई उपचार गराउनुपर्ने भएको, नेपाल मेडिकल काउन्सिलको सिफारिस भएको, नेपालमा उपचार सम्भव नभई विदेशमा गई उपचार गराउनुपर्ने भएकोले मात्र राहदानी लिन पाउनेछ ।

यस्तै विदेशमा जानका लागि टिकट लिइसकेको भए पनि राहदानीको म्याद सकिएको, राहदानीको पाना सकिएको र राहदानीको म्याद सकिन लागेको अवस्थामा मात्र राहदानी नविकरण गराइने छ ।

यस बाहेक राहदानी बनाउनै पर्ने प्रमुख कारण र प्रमाणसहित आवेदकले राहदानीका लागि इमेलमार्फत अनुरोध गरेमा र विभागगबाट जाँचबुझ गरी समय उपलब्ध गराएमा मात्र राहदानी बनाइउने विभागले स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *