बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु – Nepal Press

बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

रूपन्देही । बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा ३ जना बिरामीको मृत्यु भएको हो । ज्यान गुमाउनेहरुमा २ जना बाँकेका र एक जना जिल्ला बाहिरका हुन् ।

नेपालगंज, ३ का २६ बर्षिय पुरुषको सोमबार राति मृत्यु भएको छ । उनको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै कोहलपुर-१ की ६० बर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ । उनको भेरी अस्पतालमा मृत्यु भएको हो ।

दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका ७४ वर्षिया महिलाको पनि आजज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाँके बाहिरका मृतकको संख्या १०६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *