प्रदेश २ मा थपिए १६४ कोरोना संक्रमित – Nepal Press

प्रदेश २ मा थपिए १६४ कोरोना संक्रमित

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५८ महिलासहित १६४ कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै यस प्रदेशमा संक्रमितको संख्या १८ हजार ५२१ पुगेको छ । आज सबभन्दा बढी पर्सामा ८६ जना संक्रमित भेटिएका छन् ।

धनुषामा २२, महोत्तरीमा ३, सिरहामा ९, सप्तरीमा १५, सर्लाहीमा २ र रौतहटमा १५ जना र बारामा १० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस प्रदेशमा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ । आज सक्रिय संक्रमितको संख्या १३ सय ३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *