पेन्सन कोषको २६ करोड लगानी गर्दै राष्ट्र बैंक – Nepal Press

पेन्सन कोषको २६ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रूपैयाँ लगानीका लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले तोकिएको सर्तको पालना गर्दै मुद्धती निक्षेपको ब्याजदर खुलाएर सिलबन्दी गरी केन्द्रीय बैंकमा पठाउन अनुरोध गरिएको हो । कुल रकममध्ये वाणिज्य बैंकका लागि २० करोड ८० लाख , विकास बैंकका लागि ३ करोड ९० लाख र वित्तीय संस्थाका लागि १ करोड ३० लाख रूपैयाँ छुट्याइएको छ ।

यस्तो रकम लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको हुनुपर्ने , न्यूनतम पुँजीकोष कायम गरिएको , निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति कुल निक्षेपको २० प्रतिशतभन्दा बढी हुनुपर्ने , स्वदेशी कर्जा निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहनुपर्ने , अघिल्लो वर्ष मुनाफामा रहेको रियल स्टेट कर्जा बैंकले तोकेको भन्दा बढी नभएको , लगानी गर्ने वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बैकिङ कसुरमा नरहेको , समस्याग्रस्त नभएकोलगायतका १३ वटा सर्त राखिएको छ ।

उक्त उपदान तथा पेन्सन कोषको रकममा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले बैशाख १५ गतेभित्र आवेदन प्रस्तुत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर