हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव – Nepal Press

हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव

काठमाडौं । हवाई मार्गबाट यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने सरकारको व्यवहार विभेदपूर्ण भएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोना नियन्त्रण गर्न सबै क्षेत्र बन्द गर्नुपर्ने बताए ।

सिटौलाले भने, ‘पहिलेको लकडाउन, निषेधाज्ञाले यातायात क्षेत्रमा खर्बौं रूपैयाँ घाटा भएको र धेरै गाडी लिलाम भएको थियो । सरकारले राम्रोसँग कोरोना नियन्त्रण गर्न खोजेको हो भने सबै क्षेत्रलाई बन्द गराएर कोरोना नियन्त्रण गर्नुपर्छ । कुनै व्यवसायलाई खुल्ला गर्ने कुनै व्यवसायलाई भने बन्द गर्न हुँदैन ।’

‘सरकारलाई पनि हामीले सुझाव दिएका थियौं । व्यवसायीले हवाई मार्गबाट यात्रु ओसारपसार पाउने तर बसले किन नपाउने ? भनेर प्रश्न गरेका छन् ।’

हवाई मार्ग बन्द नभए यातायात व्यवसायीले पनि सीट क्षमता बराबर यात्रु बोकेर देशैभर बस सञ्चालन गर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव

Leave a Reply to Sanjay Jaysawal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर