खोप आपूर्तिका लागि कूटनीतिक सक्रियता बढाउन सरकारलाई कांग्रेसको आग्रह – Nepal Press

खोप आपूर्तिका लागि कूटनीतिक सक्रियता बढाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ विरुद्धको खोपको परिपूर्तिका लागि कूटनीतिक सक्रियता बढाउन सरकारसँग आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार जारी गरेको विज्ञप्तीमा चाँडोभन्दा चाँडो खोपको व्यवस्था गर्न भनिएको छ । सरकार समयमै गम्भिर नहुनाले खोपका समुचित व्यवस्था हुन नसकेको बताउँदै काग्रेसले कोरोना महामारी रोकथाममा गम्भिर हुन आग्रह गरेको छ ।

अग्रिम बुकिङ गरेर पनि खोप पाउन नसकेका नेपालजस्ता देशहरुलाई बुकिङ गरेकै मध्येबाट खोप उपलब्ध गराउन समेत देउवाले आग्रह गरेका छन् । संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षा प्र्रोटोकल पालना गर्न समेत कांग्रेसले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *