त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित – Nepal Press

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ।

सोमबार बसेको त्रि।वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञा हुने भन्दै संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *