विपनाले पाइन् अपाङ्गता परिचयपत्र – Nepal Press

विपनाले पाइन् अपाङ्गता परिचयपत्र

सुर्खेत । दैलेखको आठबीस नगरपालिका- ४ शेराबाडा निवासी १० वर्षीय विपना विश्वकर्माले लामो संघर्ष पश्चात अपांङ्गता परिचयपत्र पाएकी छिन् ।

आठबीस नगरपालिकामा आवश्यक कागजात दिदा दिदै पनि परिचयपत्र पाउन नसकेकी विपनाको समस्या बारेमा नेपालप्रेसमा समाचार प्रशासन भएपछि प्रमुख जिल्ला अधिकारीको तोक आदेशमा नगरपालिकाका कर्मचारीले परिचयपत्र दिएका हुन ।

‘हामीले वडा कार्यालयको सिफारिस, आवश्यक कागजात सहित बारम्बार नगरपालिकाम धाउँदा पनि उपप्रमुख नेतृत्वको अपांगता परिचयपत्र वितरणो थिएन ।’

स्थानीय अगुवा अमरबहादुर माझीले नेपालप्रेससँग भने, ‘नेपालप्रेसमा समाचार आएपछि प्रमुख अधिकारी हरि प्याकुरेलको ठाडो तोक आदेशमा नगरपालिकाका कर्मचारीले बाध्य भएर परचय पत्र दिएका हुन ।’

हाल विपनाले क वर्गको परिचयपत्र पाएकी छिन् । उनी हिडडुल गर्न, अन्य काम गर्न सक्दिनन् । उनका वुवा कर्ण विक भारतमा ज्याला मजदुरी गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर