फ्लोर क्रस गरेका एमालेका चार सांसद पदमुक्त – Nepal Press

फ्लोर क्रस गरेका एमालेका चार सांसद पदमुक्त

सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित भएका चार जना सांसदहरुको पद रिक्त भएको छ ।

प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन ।

दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वालाको पद रिक्त भएको सभामुख शाहीले घोषणा गरेका हुन् ।

महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरी मतदान गरेका उनीहरूलाई एमालेले सांसदबाट निष्कासन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्रीसमेत भइसकेका छन् ।

४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्यमात्रै बाँकी रहेका छन् । नेकपा माओवादीबाट निर्वाचित दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ ।


प्रतिक्रिया

One thought on “फ्लोर क्रस गरेका एमालेका चार सांसद पदमुक्त

  1. Great ! Dherai khushi lagyo. congratulation to 4 leaders (Ex. parliyament member of Karnali province)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर